DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।३० सम्मको विवरण · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 1d ago
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ ।
२०८३।०६।३० सम्मको विवरण अनुसार
Total Samples:
Number of samples received: 1824
Number of Reference sample (blood from relatives): 967
Number of Questioned samples (bones and teeth from unidentified human remains): 857
Total Results:
Total DNA Profile obtained: 1794
Profiles from reference sample: 967 (blood)
Profiles from question samples: 827 (bone/teeth)
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 5d ago
गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२६ गते)
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 5d ago
प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रधानमन्त्री शाहले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई पुरस्कार प्रदान गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापुर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दै आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध गर्न निरन्तर प्रेरित गर्ने आदरणीय अभिभावक र परिवारजनहरूप्रति पनि विशेष आभार व्यक्त गर्नुभयो । दीक्षित हुनु भएका प्रहरी निरीक्षकहरूले यस तालिममा प्रहरी निरीक्षकको पदीय जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान, सीप पूर्णरूपमा हासिल गरेको र यसलाई व्यवहारमा उतार्न समेत दीक्षित प्रहरी अधिकृतहरू पूर्णरूपमा सक्षम हुने अपेक्षा गरेको उहाँले बताउनुभयो ।
जिम्मेवारी प्रति जवाफदेहीता पनि महत्वपूर्ण पक्ष भएको र प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागु हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले भन्नुभयो, ‘सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीवनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु ।’ दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूको असल कर्मले असल भविष्य निर्माण हुने विश्वास व्यक्त गर्दै कुनै पनि किसिमको दबाब वा प्रभावमा नपरी संगठनको मर्यादा विपरित व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन समेत उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री शाहले समयको बदलावसँग
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗बूढीगण्डकी नदीमा आएको बाढी सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य सम्बन्धी अद्यावधिक विवरण · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 6d ago
बूढीगण्डकी नदीमा आएको बाढी सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य सम्बन्धी अद्यावधिक विवरण (२०८३/०६/२५ गते)
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗गोरखाको चुमनुब्रीमा बाढीको जोखिम बढेसँगै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 6d ago
गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ।
मन्त्रालयले बूढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा जान तथा सम्भावित विपद्बाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न सकिन्छ।c
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗बूढीगण्डकी बाढी प्रभावितको उद्धारमा सेना र हेलिकप्टर परिचालन, जगतबाट ६ जनाको हवाई उद्धार · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 7d ago
काठमाडौं। बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धार र सुरक्षित स्थानान्तरणका लागि सरकारले हेलिकप्टरसहित सुरक्षा निकाय परिचालन गरेको छ।
प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताउनु भएको छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली सेनाको टोलीलाई हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दुनुभेको हो ।
प्रधानमन्त्री शाहका अनुसार गोरखाको जगत क्षेत्रमा पहिरोको जोखिममा रहेका ६ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको नेपाली सेनाको कम्पोजिट क्विक रेस्पोन्स टिमलाई समेत हवाई साधनबाट प्रभावित क्षेत्रमा खटाइएको छ।
बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्नुका साथै प्रभावित क्षेत्रमा राहत पुर्याउने कामलाई प्राथमिकता दिइएको प्रधानमन्त्री शाहले बताउनु भएको छ ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग आवश्यक परे सम्बन्धित निकायमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ।
आपत्कालीन सम्पर्क नम्बरहरू:
• एम्बुलेन्स: १०२
• जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी): १२३४
• जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९०
• सहायक प्रमुख जिल्ला अधिकारी: ९८५६०५७७७८
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 7d ago
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
Link: https://www.moljpa.gov.np/public/uploads/विपद्सम्बन्धी%20केही%20नेपाल%20ऐनलाई%20संशोधन%20गर्ने%20अध्यादेश,%20२०८३-1.pdf
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।२३ सम्मको विवरण · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 8d ago
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ ।
२०८३।०६।२३ सम्मको विवरण अनुसार
Total Samples:
Number of samples received: 1822
Number of Reference sample (blood from relatives): 965
Number of Questioned samples (bones and teeth from unidentified human remains): 857
Total Results:
Total DNA Profile obtained: 1721
Profiles from reference sample: 957 (blood)
Profiles from question samples: 764 (bone/teeth)
Total remaining: 101 (8 blood+93 bone/teeth)
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 9d ago
दमौली (तनहुँ), २३ असोजः अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ ।
यही असोज ११ को बाढीले पहुँच सडक क्षतिग्रस्त भएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै नवलपुर जाने तथा नवलपुरबाट तनहुँ हुँदै पोखरा आउने सवारीसाधनको आवागमन प्रभावित हुँदै आएको छ ।
कालीगण्डकीको बाढीका कारण क्षतिग्रस्त नवलपुरतर्फको पहुँच सडक निर्माण भइसके पनि तनहुँतर्फको निर्माणकार्य भने बल्ल सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक उपकरण बिहीबार नै कार्यस्थलमा पुगिसकेको छ ।
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सडक डिभिजन दमौलीको समन्वयमा पहुँच सडक निर्माण सुरु गर्न लागिएको जानकारी दिनुभयो । कालीगण्डकी पुल सञ्चालनमा नआउँदा स्थानीयवासीसँगै लामो दूरीका यात्रु तथा व्यवसायी प्रत्यक्ष प्रभावित भएको बताउनुभयो । अध्यक्ष थापाले पहुँच सडक निर्माणकार्य छिटो सम्पन्न गरी पुल सञ्चालनमा ल्याइने बताउनुभयो ।
पुलको नवलपुरतर्फ डेढगाउँको पहुँच सडक निर्माणकार्य भने यसअघि नै सम्पन्न भइसकेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले जानकारी दिनुभयो । उहाँले नवलपुरतर्फको पहुँच सडक निर्माणका लागि स्थानीयवासीले श्रमदान गरेको बताउनुभयो ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 9d ago
म्याग्दी, २३ असोजः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ ।
बाढीले अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको करिब २० मिटर पहुँचमार्ग बगाएको थियो ।
बगाएको पक्की पहुँचमार्गको विकल्पमा जगमा ग्यावीयन पर्खाल निर्माण गरी ढुङ्गामाटो भरेर बिहीबार साँझ सडक जोडिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
पहुँचमार्ग जोडिएपछि बिहीबार साँझदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको छ । सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन सतह मिलाउनेलगायत बाँकी काम शनिबारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको शर्माले बताउनुभयो ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗JICA handover 2nd Batch of Emergency Assistance to Nepal in Response to the Rasuwa-Bhotekoshi Flood 2026 · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 9d ago
Upon the request of the Ministry of Foreign Affairs and the Nepal Police Central Forensic Science Laboratory (NPCFSL), JICA Nepal Office handed over DNA extraction kits to NPCFSL today during a brief handover ceremony.
The DNA kits were provided as part of JICA's emergency assistance response to the recent floods that severely affected Rasuwa, Nuwakot, and surrounding areas. This support is expected to strengthen DNA extraction capacity, expedite forensic examinations, and enhance DNA-based identification efforts for missing and deceased persons. The investigator kits supplied have the capacity to process up to 480 samples. These kits will play a crucial role in supporting victim identification efforts.
Ambassador of Japan to Nepal, H.E. Mr. MAEDA Toru, handed over DNA kits to the Hon'ble Minister for Science, Technology and Innovation, Mr. Mahabir Pun, during a ceremony held at the Nepal Police Academy, Maharajgunj on Thursday. On the occasion, a Letter of Delivery and Acceptance was exchanged between Chief Representative of the JICA Nepal Office, Mr. MATSUZAKI Mizuki, and the Hon'ble Minister for Science, Technology and Innovation, Mr. Mahabir Pun.
JICA remains committed to standing alongside the people of Nepal during this challenging time and will continue to support affected communities in their recovery and rebuilding efforts.
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै नेपाल प्रहरी · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 9d ago
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषता बोकेको विविधतामा एकता झल्काउने नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल सम्वत् र छठपर्व’ लगायतका पर्वहरूलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ लागू गरेको छ । चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवम् प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउन उक्त सुरक्षा योजना लागू गरिएको हो । चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा साँस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला, बालबालिका, अपाङ्ग एवम् जेष्ठ नागरिकको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको हो ।
चाडपर्वको अवधिमा देशभर समग्र सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी सुरक्षा योजना अवलम्बन गरिएको छ । सो अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुन सक्ने दंगा लुटपाट वा अन्य अप्रिय घटनाहरू, एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीहरू प्रति विशेष रूपमा सचेत भई नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको छ । चाडपर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू नियन्त्रण तथा न्यूनीकरण गर्न प्रभवाकारी रूपमा प्रहरी परिचालित हुनेछन् । अन्तर्राष्ट्रिय खुला सीमा नाकाहरूबाट अवैध हातहतियार, पटका, बिस्फोटक पदार्थ, लागूऔषध लगायतको ओसारपसार तथा तस्करी नियन्त्रणमा समेत विशेष सुरक्षा व्यवस्था अपनाइएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी लगायत ७ वटै प्रदेश प्रहरी कार्यालयहरूबाट ५० हजार ४ सय ५८ जनशक्ति परिचालन हुनेछन् । ज
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।२० सम्मको विवरण · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 9d ago
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ ।
२०८३।०६।२० सम्मको विवरण अनुसार
Number of samples received: 1821
Number of Reference sample (blood from relatives): 964
Number of Questioned samples (bones and teeth from unidentified human remains): 857
Total Results:
Total DNA Profile obtained: 1675
Profiles from reference sample: 941 (blood)
Profiles from question samples: 734 (bone/teeth)
Total remaining: 146 (23 blood+123 bone/teeth)
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗बाढी प्रभावित परिवारलाई ‘समुन्नति कार्यक्रम’मार्फत न्यूनतम १ लाख सहयोग · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 11d ago
चाडपर्व नजिकिँदै गर्दा बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ। कार्यक्रमअन्तर्गत पहिचान भएका प्रभावित परिवार तथा व्यक्तिलाई जीविकोपार्जनका लागि न्यूनतम १ लाख रुपैयाँ बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराइनेछ।
नगद सहायता वितरणका लागि मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबीच आज मन्त्रालयमा एक कार्यक्रमका बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौतामा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशाल भण्डारीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार भोटेकोशी बाढीबाट प्रभावित लक्षित समूहका व्यक्तिलाई सुरक्षित, पारदर्शी, मर्यादित र आवश्यकतामा आधारित रूपमा नगद सहायता वितरण गरिनेछ।
प्रभावित व्यक्तिहरूको तथ्यांक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) बाट उपलब्ध गराइनेछ। प्राप्त तथ्यांक तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ। यसबाट सहायता वितरण प्रक्रियालाई सहज, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
चाडपर्वको समय नजिकिँदै गर्दा विपद्बाट प्रभावित परिवारमाथि थप आर्थिक दबाब पर्ने अवस्थालाई समेत ध्यानमा राखेर सहायता उपलब्ध गराउन लागिएको हो। प्राप्त रकम परिवारले आफ्नो प्राथमिकताअनुसार खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, अत्यावश्यक घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनका आवश्यक काममा प्रयोग गर्न सक्नेछन्।
‘समुन्नति कार्यक्रम’ तत्काल नगद सहयोगमा मात्र सीमित नरही प्रभावित परिवारलाई दीर्घकालीन पुनःस्थापना, जीविकोपार्जन र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले अघि बढाइएको हो। आवश्यकता र अवस्थाका आधारमा कार्यक्रमअन्तर्गत बीउपूँजी, व्यवसाय तथा उद्यम पुनःस्थापना, औजार तथा उपकरण, सीप तथा रोजगारमूलक तालिम, रोजगारीमा आबद्धता, उद्यमशीलता विकास, उत्पादन तथा बजार आबद्धता र आवश्यक परामर्श लगायतका सह
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 12d ago
म्याग्दी, २० असोजः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला अन्र्तगत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हँुदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको बर्सातपछिको बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको थियो । दश ठाउँमा कालीगण्डकीले सडक कटान गरेर बगाएको र भत्काएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न सकिने गरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर खण्डको करिब १२ किलोमिटर दूरीमा धमाधम मर्मत कार्य भइरहेको जानकारी दिनुभयो ।
“वर्षा रोकिनेबित्तिकै असोज १२ गतेदेखिनै कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग–तातोपानीसम्म दुई दिनमै मर्मत गरेका थियौँ”, उहाँले भन्नुभयो, “मालढुङ्गातर्फबाट बेनी बैसरी हँुदै कुनौटासम्म करिब २५ किलोमिटर सडक सोमबार साँझसम्म मर्मत सकिएको छ ।”
कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब दुई सय ५० मिटर सडक कटान गरेको छ । सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको कुनौटो क्षेत्र मर्मत कार्यका लागि चुनौतीपूर्ण मानिएको छ । सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन र इन्धन अभावको चुनौती थियो ।
राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको, नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।
“कुनौटाभन्दा माथि सडक मर्मतका लागि आवश्यक इन्धन मानिसले बोकेर लैजान सम्भव नभएपछि सोमबार नेपाली सेनाको टोली र ड्रोनको सहायतामा पहिरो तारेका छौँ”, आयोजना प्रमुख शर्माले भन्नुभयो, “छ पटकको उडानबाट चार सय लिटर डिजेल कटान क्षेत्र पार गराइएपछि कुनौटाभन्दा माथि पनि सडक मर्मतमा
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा आउने · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 12d ago
त्रिशूली (नुवाकोट), १९ असोजः भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएसँगै नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान सुरु भएको छ । यसका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती आइपुग्ने छन् । बुधबारदेखि नेपाली सेनाको ५५ जनाको टोलीले बेलीब्रिज जडान सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।
पुल जडान गर्न सामान्यतया तीन दिन लाग्ने भए पनि पुरानो ‘जिप’ (पुलको संरचना) होचो भएकाले त्यसमा थप दुई मिटर उचाइ बढाइएको छ । थपिएको संरचना सुक्न केही समय लाग्ने भएकाले दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनानी चौलागाईंले बताउनुभयो ।
यसअघि वेत्रावतीमा रहेको पुलको ‘जिप’ भोटेकोशीको बाढीले पुरेको थियो । सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न पुरानो संरचनामा थप दुई–दुई मिटर उचाइ बढाइएको हो । निर्माण गर्न लागिएको एक्रोब्रिज ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ । पुलको भारवहन क्षमता ६० टन रहने उल्लेख छ ।
वेत्रावतीसम्म सडक पहुँच पुगेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न तथा निर्माण कार्य अघि बढाउन सहज भएको छ । गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले सडक पहुँच खुलाएपछि निर्माण कार्यले गति लिएको हो । सडक पहुँच पुग्नुअघि नै नेपाली सेनाले वैकल्पिक मार्गबाट उक्त स्थानमा पुगेर पुल निर्माणका लागि आवश्यक स्थलगत अध्ययन (रेक्की) तथा ‘जिप’को उचाइ थप गर्ने काम सम्पन्न गरेको थियो ।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार–वेत्रावती सडक खण्ड यही शनिबारदेखि सञ्चालनमा आएको छ । दसैँअघि नै वेत्रावतीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ । यसले बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗भोटेकोशी बाढीः पुनःनिर्माण र पुनःस्थापनाका लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 12d ago
काठमाडौँ, १९ असोजः सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि रु पाँच खर्बभन्दा बढी आवश्यक भएको जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि रु पाँच खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिने छ । यसैगरी, लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुनःनिर्माण र पुनःस्थापनाा पनि सोहीअनुसार गरिने बताउनुभयो । उक्त कार्यमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र बागमती, गण्डकी, मधेस र कोशी प्रेदशका मुख्यमन्त्रीहरुले आफ्नो पूर्ण साथ रहेको उल्लेख गर्नुभयो ।
बैठकले भोटेकोशी–त्रिशूली बाढी तथा मनसुनजन्य विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, विषम परिस्थितिमा खोज, उद्धार, राहत तथा पुनःस्थापनामा खटिने सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक, सञ्चारकर्मीका साथै सहयोग पुर्याउने दातृराष्ट्र र विकास साझेदारहरूप्रति परिषद्ले उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
परिषद्का सदस्य–सचिव तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकर
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #39 · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 14d ago
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ तथा नवजात स्वास्थ्य र मनोसामाजिक सहयोगलगायतका कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन्।
मिति: १७ असोज २०८३ (३ अक्टोबर २०२६)
Situation Report #३९
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१६ सम्मको विवरण · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 14d ago
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ ।
२०८३।०६।१६ सम्मको विवरण अनुसार
Total number of samples received: 1804 (1703+101)
Number of Reference sample (blood from relatives): 953
Number of Questioned samples (bones and teeth from unidentified human remains): 851
Total Results:
Total DNA Profile obtained: 1626
(931 relatives + 695 remains)
Samples on processing stages: 178
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #38 · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 15d ago
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ तथा नवजात स्वास्थ्य र मनोसामाजिक सहयोगलगायतका कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन्।
मिति: १६ असोज २०८३ (२ अक्टोबर २०२६)
Situation Report #३८
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 15d ago
काठमाडौं- रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी–वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै वेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार अस्थायी ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिज निर्माणका लागि आवश्यक फाउन्डेसन निर्माणको कामसमेत अघि बढाइएको थियो। हाल बेलिब्रिजका दुवैतर्फका फाउन्डेसन निर्माण सम्पन्न भइसकेका छन्।
अस्थायी ट्र्याक सञ्चालनमा आएपछि बेलिब्रिज निर्माणका सामग्री निर्माणस्थलसम्म पुर्याउने कामलाई तीव्रता दिइएको मन्त्री लम्सालले जानकारी दिनुभएको छ। निर्माणस्थलमा आवश्यक सामग्री पुर्याउने काम भइरहेको र त्यससँगै बेलिब्रिज जडानको प्रक्रिया अघि बढाइएको हो।
बेलिब्रिज जडान सम्पन्न भएपछि बाढीका कारण अवरुद्ध बनेको रसुवासँगको मुख्य सडक सञ्जाल पुनः औपचारिक रूपमा जोडिनेछ। यससँगै रसुवातर्फको यातायात आवागमन सहज हुनुका साथै बाढीका कारण प्रभावित सडक सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ।
बाढीले क्षति पुर्याएको सडकखण्डमा तत्काल यातायात सञ्चालनका लागि अस्थायी ट्र्याक निर्माण र दीर्घकालीन रूपमा सडक पूर्वाधार पुनःस्थापनाका कामलाई सँगसँगै अघि बढाइएको मन्त्री लम्सालले बताउनु भएको छ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗कानूनमन्त्री र मलेसियाली कार्यवाहक राजदूतबीच शिष्टाचार भेटवार्ता · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 15d ago
२०८३ असोज १५ (2026 October 1)
माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री सोविता गौतमज्यूसँग नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत Mr. Mohd Firdaus bin Azman ले बिहीबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ।
भेटमा कार्यवाहक राजदूतले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारले खोज तथा उद्धार कार्यमा देखाएको सक्रियताको प्रशंसा गर्नुभयो। बाढीपश्चात् बेपत्ता रहेका ५५ मलेसियाली नागरिकका परिवारले भोग्नुपरेका कानूनी तथा व्यावहारिक कठिनाइ र विपद् प्रतिकार्यमा द्विपक्षीय सहकार्यका विषयमा छलफल भयो।
माननीय मन्त्रीज्यूले विपद् प्रभावित नेपाली तथा विदेशी नागरिकका हकमा कानून समान रूपमा लागू हुने बताउँदै मृत्युको अनुमानसम्बन्धी घोषणा तथा मृत्यु प्रमाणपत्र जारी गर्ने प्रक्रिया सहज बनाउन कानून संशोधनको कार्य अघि बढिरहेको जानकारी दिनुभयो। भेटमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #37 · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 16d ago
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ तथा नवजात स्वास्थ्य र मनोसामाजिक सहयोगलगायतका कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन्।
मिति: १५ असोज २०८३ (१ अक्टोबर २०२६)
Situation Report #३७
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗बाढीपहिरोले क्षति पु-याएको बेनी–जोमसोम सडक मर्मत सुरु · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 16d ago
म्याग्दी, १५ असोजः पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ ।
बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो । आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्म सडक मर्मत भइसकेको जानकारी दिनुभयो ।
“कालीगण्डकी नदीको कटान, बाढी र पहिरोले २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको ४६ ठाउँमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्म र जोमसोमदेखि दाना हुँदै नागढुङ्गासम्म मर्मत भई यातायातका साधन सञ्चालन हुन थालेका छन् ।”
रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डको सडक मर्मतका लागि स्थानीयस्तरमा उपलब्ध सडक विभाग, जलविद्युत आयोजना र निर्माण व्यवसायीको उपकरण र मजदुर परिचालन गरिएको छ ।
असोज ११ गते कालीगण्डकी बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मत कार्य पनि आजदेखि सुरु गरिने आयोजना प्रमुख शर्माले बताउनुभयो । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा रसुवा र तातोपानी नाकाको विकल्पका रुपमा चीनसँगको व्यापारिक नाका कोरलासँगको यातायात सम्पर्क टुटेको छ ।
कोरला नाकामा सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन् । मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकासँग यातायात सम्पर्कबिच्छेद भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलु बजार पठाउन सकिएको छैन । दसैँका लागि भेडाच्याङ्ग्रा बजारमा बिक्रीका लागि लैजान समस्या भएको छ ।
पर्यटकीय गतिविधि ठप्प बनेको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन, जटिल प्रकृतिका बिरामीलाई अस्पताल पुग्न हेलिकप्टरको साहरा लिनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
कटिङ, फिलिङ, डाइभर्सन, नयाँ मार्ग खोल्ने विकल्प अपनाएर सडक खुलाउने प्रयास गरिएको छ । तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा सडक खुलाउन चुनौती देखिएको छ । यसअघि सडक भएको ठाउँ
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 16d ago
काठमाडौँ, १५ असोजः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग जीवनभर सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइलाई संरक्षण गरी नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाएको छ ।
छत्तिसौँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई केबल हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा नभई राष्ट्रका ज्ञान, सीप र अनुभवका अमूल्य स्रोतका रूपमा स्थापित गर्दै उहाँहरूको अनुभवलाई भावी पुस्तासँग जोड्ने नयाँ अवधारणा अघि सारेको हो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ज्येष्ठ नागरिकसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइ राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा भएको बताउनुभएको छ ।
“ज्येष्ठ नागरिकसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइ राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा हुन् । ती अनुभवको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणलाई संस्थागत रूप दिन डिजिटल प्रविधिको उपयोगसहित ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाइएको छ”, मन्त्री बादीले भन्नुभएको छ ।
उहाँका अनुसार यस पहलले एक पुस्ताले आर्जन गरेको ज्ञान र अनुभवलाई अर्को पुस्ताको मार्गदर्शनमा रूपान्तरण गर्दै अन्तरपुस्ता ज्ञान हस्तान्तरणलाई सुदृढ बनाउनेछ ।
मन्त्रालयले अघि बढाएको अनुभव बैंकले ज्येष्ठ नागरिकप्रतिको परम्परागत दृष्टिकोणलाई फराकिलो बनाउने लक्ष्य राखेको छ । सामाजिक सुरक्षा, स्वास्थ्य, हेरचाह र संरक्षणसँगै उहाँहरूसँग रहेको ज्ञान, सीप र जीवन अनुभवलाई समाज तथा भावी पुस्ताका लागि उपयोग गर्ने यसको मूल अवधारणा हो ।
मन्त्री बादीले ज्येष्ठ नागरिकलाई केबल संरक्षण र हेरचाहको आवश्यकता भएका व्यक्तिका रूपमा नभई समाजका सक्रिय, अनुभवी, सम्मानित र अपरिहार्य साझेदारका रूपमा हेर्नुपर्ने बताउनुभएको छ ।
ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा कृषि, उद्यम, पेसा, शिक्षा, प्रशासन, कला–संस्कृति, परम्परागत ज्ञान,
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗बाढीमा छोरा–बुहारी गुमाए, महिला, बालबालिका मन्त्रालयको दीर्घकालीन स्याहार योजनाअन्तर्गत नातिनातिनीको जिम्मा सरकारले लियो · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 17d ago
नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा र बुहारी मात्रै खोसेन, बुढेसकालको सबैभन्दा ठूलो सहारा नै खोस्यो। तर, उहाँको काखमा रहेका तीन जना नाबालक नातिनातिनीको भविष्य अब सरकारले सम्हाल्ने भएको छ।
परिवारको गुजारा चलाउन मजदुरी गर्न नुवाकोट पुगेका छोरा–बुहारी बाढीमा बेपत्ता भएपछि उहाँ एकैपटक सहाराविहीन हुनुभयो। घर फर्कने बाटो हेर्दै गरेका तीन जना नाबालक नातिनातिनीलाई कसरी हुर्काउने, पढाउने र भविष्य सुरक्षित गर्ने भन्ने चिन्ताले उहाँलाई थप पीडामा पारेको थियो।
त्यही पीडाबीच अहिले उहाँका लागि आशाको खबर आएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको दीर्घकालीन स्याहार योजनाअन्तर्गत ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’मा तीनै जना बालबालिकालाई समेटिएको छ। यससम्बन्धी सम्झौता राष्ट्रिय बाल अधिकार परिषद्मा गरिएको हो।
योजनाअन्तर्गत तीनै जना बालबालिकाको १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण, संरक्षण तथा आवश्यक हेरचाहको जिम्मेवारी सरकारले लिनेछ। आमाबुबा गुमाएका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई सुरक्षित वातावरणमा हुर्काउँदै उनीहरूको भविष्य सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले यो व्यवस्था अघि बढाएको हो।
नातिनातिनीको भविष्य सुरक्षित हुने खबर सुनेपछि वृद्धका आँखामा पीडासँगै खुसीका आँसु देखिए। उहाँले भावुक हुँदै भन्नुभयो, “छोरा–बुहारी गुमाएँ, त्यो पीडा कहिल्यै भुल्न सक्दिनँ। तर मेरा नातिनातिनीको भविष्य सुरक्षित हुने भयो। अब उनीहरू पढ्न पाउनेछन्, राम्रोसँग हुर्किन पाउनेछन्। नेपाल सरकारलाई धेरै–धेरै धन्यवाद।”
बाढीले अभिभावक खोस्यो, तर बालबालिकाको भविष्य खोस्न सकेन। बुढेसकालको सहारा गुमाएका ती वृद्धका लागि अब तीन नातिनातिनीको भविष्यको चिन्ता एक्लै बोक्नुपर्ने छैन। राज्यले उनीहरूको शिक्षा, संरक्षण र भविष्य निर्माणको जिम्मेवारी लिएसँगै विपद्को अँध्यारोबीच यी तीन बालबालिकाको जीवनमा आशाको नयाँ उज्यालो थपिएको छ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #36 · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 17d ago
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ तथा नवजात स्वास्थ्य र मनोसामाजिक सहयोगलगायतका कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन्।
मिति: १४ असोज २०८३ (३० सेप्टेम्बर २०२६)
Situation Report #३६
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता हुँदैन” · राष्ट्रिय पोर्टOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 17d ago
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकाको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्ने विषयमा कुनै सम्झौता हुन नसक्ने बताउनुभएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बुधबार सम्पन्न बालबालिकाविरुद्ध हुने हिंसाको अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन अवस्था समीक्षा तथा आगामी कार्यदिशासम्बन्धी राष्ट्रिय कार्यशालामा सहभागी हुँदै मन्त्री बादीले बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि उद्धार र पुनःस्थापनासँगै हिंसा हुनै नदिने वातावरण निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
“हिंसा भएपछि उद्धार गर्नु आवश्यक छ, तर हिंसा हुनै नदिने सुरक्षित पारिवारिक, शैक्षिक र सामाजिक वातावरण निर्माण गर्नु अझ महत्त्वपूर्ण छ,” मन्त्री बादीले भन्नुभयो।
उहाँले बालबालिकाविरुद्ध हुने हिंसाको रोकथाम, संरक्षण, न्याय र पुनःस्थापनालाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै यसका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारसँगै विकास साझेदार, नागरिक समाज, निजी क्षेत्र, परिवार र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यशालामा सन् २०२४ मा कोलम्बियाको राजधानी बोगोटामा सम्पन्न बालबालिकाविरुद्ध हुने हिंसाको अन्त्यसम्बन्धी विश्वव्यापी प्रथम मन्त्रीस्तरीय सम्मेलनमा नेपालले व्यक्त गरेका प्रतिबद्धताको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको थियो। आगामी १५ देखि १९ नोभेम्बर २०२६ मा फिलिपिन्सको राजधानी मनिलामा आयोजना हुने दोस्रो मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तर्फबाट प्रस्तुत गरिने विषयमा समेत सरोकारवालाबाट राय तथा सुझाव संकलन गरिएको छ।
बोगोटा सम्मेलनले बालबालिकाको कानुनी तथा नीतिगत संरक्षण, बाल संरक्षण सेवा, शासन तथा बहुक्षेत्रीय समन्वय तथा तथ्याङ्क र अनुगमनलाई सुदृढ गर्ने चार प्रमुख प्रतिबद्धता अघि सारेको थियो। नेपालले ती प्रतिबद्धतालाई बाल संरक्षण प्रणाली थप प्रभावकारी बनाउने अवसरका रूपमा लिएको मन्त्री बादीले बताउनुभयो।
मन्त्री बादीका अनुसार पछिल्लो अवधिमा
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१३ सम्मको विवरण · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 18d ago
DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१३ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ ।
२०८३।०६।१३ सम्मको विवरण अनुसार
Total number of samples received: 1796 (1696+100 Butwal)
Number of Reference sample (blood from relatives of missing person): 945
Number of Questioned samples (bones and teeth from unidentified human remains): 851
Total Results:
Total DNA Profile obtained: 1552
(887 blood + 665 remains)
Samples on processing stages: 243
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗भोटेकोशी बाढी प्रभावित प्रहरी कर्मचारीहरूका परिवारलाई विशेष राहत योजना · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 18d ago
गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारीहरू तथा परिवारजनप्रति लक्षित गर्दै नेपाल प्रहरीले विशेष राहत तथा कल्याणकारी निर्णय गरेको छ ।
सोमबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिहरूलाई प्राथमिक तहदेखि स्नातकोत्तर (Masters Level) तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ ।
यसका साथै समितिले प्रभावित प्रहरी परिवारका अन्य सदस्यहरूको जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनाका लागि विशेष ध्यान दिँदै उनीहरूलाई आवश्यकता अनुसारका सीपमूलक तथा व्यावसायिक तालिमहरू प्रदान गरी रोजगारीको समेत उचित व्यवस्था मिलाउने ऐतिहासिक निर्णय गरेको छ । जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा समर्पित प्रहरी कर्मचारीहरूको त्याग र समर्पणको उच्च मूल्यांकन गर्दै यो कदम चालिएको हो ।
https://www.nepalpolice.gov.np/news/10594/
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघीय ८१औँ महासभाका अध्यक्ष डा. रहमानबीच भेटवार्ता, जलवायु विपदबारे छलफल · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 19d ago
न्युयोर्क। परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानबीच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा अध्यक्ष डा. रहमानसँग भेटवार्ता गर्नुभयो ।
भेटका क्रममा मन्त्री खनालले डा. रहमानलाई महासभाको अध्यक्ष पद सम्हालेकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा उहाँले राष्ट्रसंघका साझा लक्ष्यहरू हासिल गर्न नेपालका तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता समेत जनाउनुभयो।
वार्ताका क्रममा महासभाका अध्यक्षका भावी प्राथमिकतासहित विश्वव्यापी चासोका विविध विषयमा गहन छलफल भएको थियो। दुवै पक्षबीच संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राख्दै बहुपक्षीयतालाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउनुपर्ने महत्त्वमा विशेष जोड दिइएको छ।
यसैगरी, भेटमा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद् र त्यसले पुर्याएको ठूलो भौतिक तथा सामाजिक क्षतिबारे समेत चर्चा गरिएको थियो। परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालजस्ता विकासोन्मुख देशहरूका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रसंघको भूमिका र सहयोग अपरिहार्य रहेको विषयमा जोड दिनुभयो।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 20d ago
काठमाडौँ, ११ असोजः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको आवाजलाई कोप–३१ लगायतका अन्तरर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा प्रस्तुत गरिने बताउनुभएको छ ।
‘जलवायु न्यायका लागि पर्वतीय कूटनीति विषयक’ परिसंवाद कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले यो विषय केवल नेपालका लागि मात्र नभई विश्वका सबै हिमाली र तल्लो तटीय देशका साथसाथै समग्र पृथ्वीका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
“हिमाल पृथ्वीको जीवन धान्ने महत्त्वपूर्ण प्रणाली हो । यसले नेपालभन्दा धेरै परसम्मका अर्बौ जनसङ्ख्यालाई पानी, पारिस्थितिक प्रणाली, कृषि तथा जीविकोपार्जन उपलब्ध गराउँदछ”, मन्त्री चौधरीले भन्नुभयो ।
हिमाल आज जलवायु परिवर्तनको सबैभन्दा अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै उहाँले हिमाली बाढी, पहिरो, हिमताल विस्फोट र हिमनदी पग्लने जोखिम बढ्दो क्रममा रहेको बताउनुभयो । जलवायु परिवर्तनले नाजुक हिमाली पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको उहाँको कथन थियो । हिमाली देशको साझा आवाजका लागि पर्वतीय कूटनीति आवश्यक रहेको उहाँको भनाइ छ ।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको अत्यन्त न्यून योगदान (०.१% भन्दा कम) छ । यद्यपि, जलवायु परिवर्तनको प्रभाव नेपालले असामान्य रूपमा भोगिरहेको उल्लेख गर्दै उहाँले यो न्याय नभएको र असमानता हो भन्नुभयो ।
“यही असमानता नेपालको जलवायु कूटनीतिको नैतिक आधार हो । हामीले सहानुभूति होइन, जलवायु न्याय मागेको हो । जवाफदेहिता मागेको हो”, मन्त्री चौधरीले भन्नुभयो ।
जलवायु न्यायको कुरा गर्दा जहिले पनि प्रभावित मानिसलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । मन्त्री चौधरीले भोटेकोशीको बाढीका कारण करिब एक हजार ४०० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी मानिस बेपत्ता भएको अवस्थामा निरन्तर खोजी, मर्यादित सहयोग, आश्रय, स्वास्थ्य सेवा र सुरक्षित पुनर्लाभ र पुनस्र्थापना पहिलो प्रथामिकता रहेको उल्लेख गर्नुभयो ।
प्रभावित समुदाय र अत्यावश्यक पूर्वाधार बाढीले बगाएर लगेको अवस्थामा पहिले
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 20d ago
काठमाडौँ, १२ असोज : अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ । ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाएको छ ।
प्रवक्ता सुवेदीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिरमा खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ । चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले सो सडकखण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।
“कृष्णभिरको पहिरो हटाई एकतर्फी सञ्चालन गर्न सकिने भए पनि चालिसे र बाङ्गेमोडलगायतका स्थानमा अझै पहिरो हटाउने काम बाँकी भएको सो मार्ग हुँदै सवारी सञ्चालनमा केही कठिनाइ छ”, प्रवक्ता सुवेदीले भन्नुभयो ।
पहिरो हटाउने क्रममा थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा थप समस्या हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
यसैगरी, वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
कान्तिलोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा समेत पहिरो खसेकाले हटाउने काम भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार वर्षाकै कारण बिपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भए
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗मर्स्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 20d ago
लमजुङ, १२ असोजः वर्षाका कारण मस्र्याङ्दी नदी बढेको पानीको सतह र बहाव घट्दै गएको छ । लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले हाल नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको जानकारीदिनुभयो । उहाँका अनुसार केही दिनअघि नदीमा पानीको बहाव असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ । “अहिले पानीको सतह घट्दै गइरहेको छ । केही दिनअघि असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै बहाव देखिएको थियो, अहिले फेरि सामान्यतर्फ फर्किरहेको अवस्था छ,” उहाँले भन्नुभयो, “तत्काल जोखिम छैन । सुरक्षित तरिकाले बस्न सकिने अवस्था छ ।”
यसअघि मनाङको चामे क्षेत्रमा घट्टेखोलामा पहिरो खसेर खोला थुनिन सक्ने र त्यसबाट बाढी आउन सक्ने जोखिम देखिएपछि मस्र्याङ्दी नदी आसपासका तटीय क्षेत्रमा पनि सतर्कता अपनाइएको थियो । हाल लमजुङ खण्डमा भने नदीको पानीको सतह घट्दै गएको जनाइएको छ ।
यद्यपि आइतबार एक निरन्तर वर्षाका कारण बाढीले जिल्लाका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुर्याएको छ । बेँसीसहर नगरपालिका–११ र उदिपुर क्षेत्रको बीचमा मस्र्याङ्दी नदीमाथि रहेको मोटरेबल पुलमा समेत क्षति पुगेको छ । पुलमा क्षति पुगेपछि उक्त पुल हुँदै दोर्दी गाउँपालिकाको केन्द्र तथा बेँसीसहर–११ लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी खनालले आफू प्राविधिकसहित आज पुल तथा बाढीबाट क्षति पुगेका अन्य स्थानको निरीक्षणमा जाने जानकारी दिनुभयो ।
जलविद्युत् आयोजना पुनः सञ्चालन गर्ने तयारी
निरीक्षणपछि आवश्यकताअनुसार पुलको मर्मतसम्भारको काम अघि बढाइने उहाँले बताउनुभयो । नदीमा पानीको बहाव बढेपछि मस्र्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजना पनि प्रभावित भएका थिए । जोखिम बढेपछि आइतबार ७० मेगावाटको मध्य–मस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरी पानी पूर्ण रूपमा बाहिर छाडेका थिए । हाल नदीक
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०९ सम्मको विवरण · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 20d ago
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ ।
२०८३।०६।०९ सम्मको विवरण अनुसार
Total number of samples received: 1793 (1693+100)
Number of Reference sample (blood from relatives of missing person): 942 (842+100)
Number of Questioned samples (bones and teeth from unidentified human remains): 851
Total Results:
Total DNA Profile obtained: 1282
(814 blood + 468 remains)
Remaining Samples processing: 511
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 21d ago
कर्णाली, ११ असोजः यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाले सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला, एस मोड र सुर्खेतको बराहताल गाउपालिका–७ को औलिसेमा गएको पहिरोले करिडोर तथा राजमार्ग दुवै अवरुद्ध भएको छ ।
त्यस्तै, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–२ सम्लेखोलामा गएको पहिरोले मध्यपहाडी राजमार्ग, सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा गएको पहिरोले राप्ती राजमार्ग बन्द भएको प्रवक्ता राठौरले बताउनुभयो । उहाँका अनुसार सल्यानकै बनगाड कुपिण्डे नगरपालिका–८ को र्यालेमा गएको पहिरोले सुर्खेत–सल्यान र त्रिवेणी गाउँपालिका–३ ढुङ्गेबगरमा गएको पहिरोले लुहाम–कालीमाटी सडकखण्ड अवरुद्ध भएका छन् ।
त्यसैगरी, जाजरकोट छेडागाड नगरपालिका–४ लेवाभिर, कालीकोट तिलागुफा नगरपालिका–१ भिग्म, जुम्ला तातोपानी गाउँपालिका–१ बाइराँका र राँकागाउँ बीचको सडकखण्ड, मुगु रारा छाँयानाथ नगरपालिका–७ र ८ पिनास्थित गमगढी–नाग्म सडकखण्ड पनि बन्द भएको यद्यपि सडक सञ्चालनका लागि पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्ला, जाजरकोट सल्यान र सुर्खेतबाट जेसिबी तथा स्काभेटरलगायतका उपकरण पठाएको प्रवक्ता राठौरले बताउनुभयो ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗चार दिनदेखिको अविरल वर्षा आजबाट क्रमशः कमजोर हुने प्रक्षेपण · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 21d ago
काठमाडौं । विगत चार दिनदेखि जारी अविरल वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने भएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आज (आइतबार) दिउँसोसम्म देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे तापनि भारी वर्षाको जोखिम भने लगभग अन्त्य भएको छ।
पछिल्लो चार दिनको अवधिमा नवलपरासीको बर्दघाट क्षेत्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको मौसमविद् पोखरेलले जानकारी दिएका छन्। जल तथा मौसम विज्ञान विभागको पछिल्लो २४ घण्टा र सात दिनको मौसमी तथ्याङ्कले पनि यस अवधिमा देशभर उल्लेख्य मात्रामा वर्षा भएको देखाएको छ।
यसपटक समयमै जारी गरिएको भारी वर्षाको पूर्वसूचना, सम्बन्धित सबै सरकारी तथा गैरसरकारी निकायहरूको चुस्त समन्वय र सक्रियताका कारण सम्भावित ठूलो दुर्घटना टरेको छ। प्रभावकारी पूर्वतयारीकै कारण जनधनको क्षति उल्लेख्य रूपमा न्यूनीकरण गर्न सकिएको पोखरेलले बताए।
भारी वर्षाको सम्भावना टरे तापनि बाढी, पहिरो र डुबानको जोखिम पूर्ण रूपमा हटिनसकेको हुँदा आगामी दिनमा पनि आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗अर्थमन्त्री वाग्ले कतार प्रस्थान · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 21d ago
काठमाडौँ, १० असोजः अर्थमन्त्री डा स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी)को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ ।
बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री वाग्ले आज साँझ कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको भएको छ । उहाँसँग अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि हुनुहुन्छ ।
एघारौँ वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्नुहुने मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा अर्थमन्त्रीको उपस्थितिमा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षसँगै भारत, बङ्गलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आगामी २०८३ असोज १४ गते कतार एयरवेजको उडानमार्फत स्वदेश फिर्ता हुनुहुनेछ ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗प्रधानमन्त्री शाह स्वदेश फिर्ता · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 21d ago
काठमाडौँ, १० असोजः प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन यही असोज ६ गते संयुक्तराज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।
उहाँ नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत हुनुहुन्थ्यो ।
यसैबीच, प्रधानमन्त्री शाहभन्दाअघि नै न्युयोर्क प्रस्तान गर्नुभएका परराष्ट्रमन्त्री खनाल भने राष्ट्रसङ्घीय महासभाअन्तर्गतका विभिन्न कार्यक्रममा सरिक भइरहनुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री शाहले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुननहुने उल्लेख गर्दै हाम्रा देशका मानिसलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै उक्त विपद् स्थानीय त्रासदी मात्रै नभई विश्वका लागि एउटा चेतावनी पनि भएको उल्लेख गर्नुभएको थियो ।
उहाँले सम्बोधनका क्रममा जलवायु परिवर्तनले भौगोलिक सीमा नचिन्ने तथा ‘हिमनदी र बाढी ‘पासपोर्ट’मा ‘भिसा’ लगाएर यात्रा गर्दैनन्’ भनी उल्लेख गर्नुभएको थियो । प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गर्नुभएको थियो ।
भ्रमणका क्रममा उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग बिहीबार भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी वि
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗नारायणी नदीले सतर्कता तह पार गर्यो · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 21d ago
चितवन, १० असोजः नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो । नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह आठ दशमलव ३० मिटर पुगेको छ ।
कार्यालयका प्रमुख सुमित अधिकारीले नदीको बहाव बढ्दै गएकोले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार नारायणी नदीमा पानीको बहाव सात दशमलव ३० मिटर सर्तकर्ता तह मानिन्छ ।
बहावले नौ मिटर पार गर्दा खतरा तह पुग्ने जनाउँदै प्रमुख अधिकारीले अब फेरि वर्षात भएमा पानीले जोखिम तह पार गर्ने सम्भावना रहेकाले सर्तक रहन सबैमा आग्रह गरिएको उल्लेख गर्नुभयो । नदीले सर्तकता तह पार गरे पनि अहिलेसम्म नदी किनारका बस्तीमा पानी पसिसकेको छैन । उहाँले भन्नुभयो, “अब फेरि वर्षात भएमा ठूलो बाढीको सम्भावना छ ।”
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षीत स्थानमा बस्नका लागि आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार तत्काल उद्धारका लागि तयारी अवस्थामा सुरक्षा निकाय रहेका भन्दै अहिले सूचना प्रवाह गर्ने, पूर्वतयारीका काम भइरहेका उहाँले जानकारी दिनुभयो ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 21d ago
काठमाडौँ, १० असोजः प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको बताइएको छ ।
प्रधानमन्त्री शाह महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । उहाँको भ्रमणबारे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जानकारी दिनुहुँदै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभामा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा मुलुकको प्रतिष्ठा अभिवृद्धि भएको बताउनुभयो ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन यही असोज ६ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको थियो । उक्त उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना भइरहेको छ ।
प्रधानमन्त्री शाहले महासभाको ‘जनरल डिबेट’ मा २४ सेप्टेम्बर २०२६ मा सम्बोधन गर्नुभएको थियो । उक्त सम्बोधनका क्रममा उहाँले गत महिना भोटेकोशीमा गएको विनाशकारी बाढीलाई जलवायु सङ्कटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्नुभएको निमित्त सचिव ढकालले बताउनुभयो । प्रधानमन्त्री शाहले उक्त विपद्बाट भएको ठूलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराउनुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर तथा हिमनदी र ‘पर्माफ्रस्ट’ पग्लिँदै जाँदा हिमपहिरो, बाढी र पहिरोलगायत विपद्को जोखिम बढ्दै गएको बताउनुभएको उहाँले जानकारी दिनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जोखिमयुक्त हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र विपद्का समयमा सीमापार समन्वयका लागि ‘हिमालयन क्लाइमेट रेजिलेन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गर्नुभएको थियो ।
साथै प्रधानमन्त्री शाहले ‘यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’ भन्दै विश्व शान्तिको आह्वान गर्नुभएको निमित्त सचिव ढकालले बता
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 21d ago
काठमाडौँ, १० असोजः भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मत्यु भएको छ ।
हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ । तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।
यसैगरी, दुई हजार ६० जनाको डिएनए नमूना सङ्कलन भएको छ । बाढीमा घाइते भएका सात जनाको उपचार जारी छ भने सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗आज देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 22d ago
काठमाडौं । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा अधिकांश स्थानमा तथा कोशी र बागमतीका पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्नेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।
राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना कायम रहनेछ। ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले वर्षाका कारण बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗सुस्ताको थारु टोलमा बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 22d ago
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको क्बाढीबस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् ।
जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित थारु टोलका घरपरिवार बाढी पसेपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तकहाँ आश्रय लिएका छन् । प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले भन्नुभयो, “सुस्ताको थारु टोलमा केही घरमा बाढी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको हो । केही आफन्तको घरमा गएर बसेका छन । भने केही सुस्तामा रहेको सुरक्षित आश्रय स्थल (सामुदायिक भवन)मा बसेका छन् ।”
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार थारु टोलमा रहेको ७८ घरपरिवारलाई सुस्ताको आश्रयस्थल र आफन्तका घरमा सारिएको छ । नारायणी नदीको बाढी थारु टोलमा प्रवेश गरेपछि नेपाल प्रहरी लगायत उद्धारका लागि खटिएका सुरक्षाकर्मी सहयोगमा सूचना प्रवाह गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो ।
सुस्ता कै स्थानीय मुन्सीकुमार हरिजनका अनुसार लगातारको वर्षाले सुस्ताको थारु टोलमा रहेको केही घर डुबानमा परेको छ । नारायणी नदीको बाढी सिधै सुस्ताको थारु टोलमा प्रवेश गरी घर, खेतबारी तथा बाटो डुबान गराएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “मैलै लगाएको १० कठ्ठामा उखु खेती पनि नारायणीको बाढीले बटान गरी बगाएको छ । म जस्तै दर्जनौँभन्दा बढी किसानको धान र उखुलगायतको बाली कटान गरि बगाएको छ ।”
सुस्तास्थित नारायणी नदीले वर्षा मौसम सुरु भए लगतै अस्थायी बाँध कटान गर्दै सुस्ताको धेरै भूमि कटान गरिसकेको छ ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 22d ago
भद्रपुर (झापा), १० असोजः बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढी तथा डुबानको जोखिम निगरानी र उद्धार कार्यका लागि शुक्रबार ड्रोन प्रयोगमा ल्याएको हो ।
डिभिजन वन कार्यालयसँग समन्वय गरी प्रयोगमा ल्याइएको ड्रोनबाट जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुनसक्ने क्षेत्रको निगरानी गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विपद् प्रतिकार्यका लागि उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी आवश्यक सूचना सङ्कलन र उद्धारलाई प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको बताउनुभयो । “जोखिम नक्साङ्कनका आधारमा नदी तथा खोलाका संवेदनशील क्षेत्रको निगरानी गरी प्राप्त सूचनाका आधारमा आवश्यक उद्धार र प्रतिकार्य अघि बढाइनेछ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार गौरिगञ्ज गाउँपालिकाका वडा नं १ र २ का ४७४ तथा झापा गाउँपालिकाका वडा नं १ र २ का ६९५ गरी एक हजार १६९ घरपरिवार डुबानको जोखिममा छन् । सम्भावित विपद्को प्रतिकार्यका लागि जिल्लामा नौवटा विपद् प्रतिकार्य डुङ्गा, नेपाली सेनाका चारवटा ‘क्विक रेस्पोन्स टिम’ तथा सशस्त्र प्रहरीका उद्धार टोली तयारी अवस्थामा राखिएको छ ।
प्रजिअ पोखरेलका अनुसार जोखिमयुक्त नदी तथा खोलाका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट नियमित अनुगमन तथा निरीक्षण भइरहेको छ । शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि दिउँसो साइरन बजाइएको थियो । ती नदी क्षेत्रमा तीन साइरन जडान गरिएको र शुक्रबारसाँझतिर जलसतह घटेको उहाँले जानकारी दिनुभयो । “इलाम क्षेत्रमा भारी वर्षा भएपछि त्यहाँबाट बगेर आउने नदीमा करिब तीन घण्टामा झापामा बाढी आइपुग्ने भएकाले त्यसलाई आधार बनाएर साइरन बजाउने र ‘अर्ली वार्निङ सिस्टममार्फ’त जोखिममा रहेका क्षेत्रमा सूचना दिने व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 22d ago
सोलुखुम्बु, १० असोजः सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ । हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाइएको छ । उहाँले भन्नुभयो ,“माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ । कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको जानकारी आएको छ । पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र प्रहरीसँग समन्वय गरी उनीहरुलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ ।”
भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार चिनीया मूलका ती पर्यटक युरोपेली नागरिक भएको जानकारी आएको छ । हिमपातका कारण माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा ल्याइएको हो ।
इम्जा छे अर्थात् आइल्यान्ड पिक सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो । नेपाल पर्यटन बोर्डका अनुसार दिङबोचेबाट इम्जा खोला हुँदै चुकुङतर्फ जाने पदमार्ग सगरमाथा आधार शिविर क्षेत्रको प्रमुख पदयात्रा मार्गसँग जोडिन्छ । आइल्यान्ड पिकलाई स्थानीय नाम इम्जा छेले चिनिन्छ । यो क्षेत्र समुद्री सतहबाट करिब छ हजार १६५ मिटर उचाइमा रहेको र खुम्बु हिमाल क्षेत्रमा पर्ने पर्वतारोहण गन्तव्य हो । नेपाल सरकारको पर्यटन तथ्याङ्कमा रूपमा अभिलेख गरिएको छ ।
प्रतिकूल मौसमका कारण माथिल्लो क्षेत्रमा थप पर्यटक तथा पदयात्रीलाई जान नदिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरिएको छ । हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेको प्रशासनको भनाइ छ । उनीहरुको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोका
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 22d ago
काठमाडौँ, असोज १० : रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पु¥याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एकहजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन् । यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र तल्लीन छन् ।
बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ । उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ । विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन् । यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ बगेका छन् । यस्तै, ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ । करिव सात हजार ५७० घरहरु प्रभावित हुँदा आठ हजार ३०० घरपरिवार र करिव ४० हजार जनसङ्ख्या प्रभावित भएका छन् । बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ । त्यसैगरी, १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण, सडक सञ्जालको पहुँचले जोड्ने लगायतका कार्य द्रुत जारी छ ।
‘संकटमा ‘राज्य र रेडक्रस उपस्थित छन्’
विनाशकारी बाढी
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 22d ago
१० असोजः लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुला जिल्लामा अधिक वर्षाको जोखिममा रहेका जिल्लाका रूपमा चित्रण गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि दुवै जिल्ला प्रशासनले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका हुन् ।
बैतडीमा गए रातिदेखि लगातार वर्षा भइरहेको छ । दुवै स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारीसाधन नचालाउन यातायात व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेका छन् ।
दार्चुला ‘अति जोखिम’ वर्गमा रहेकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #31 · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 22d ago
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ तथा नवजात स्वास्थ्य र मनोसामाजिक सहयोगलगायतका कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन्।
मिति: ९ असोज २०८३ (२५ सेप्टेम्बर २०२६)
Situation Report #३१
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗रसुवा भोटेकोशी बाढी - बाढी प्रभावित क्षेत्रमा खोप कार्यक्रमको प्रगति · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 22d ago
रसुवा भोटेकोशी बाढी - बाढी प्रभावित क्षेत्रमा खोप कार्यक्रमको प्रगति (२०८३/०६/०८ गते)
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #30 · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 22d ago
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ तथा नवजात स्वास्थ्य र मनोसामाजिक सहयोगलगायतका कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन्।
मिति: ८ असोज २०८३ (२४ सेप्टेम्बर २०२६)
Situation Report #३०
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 23d ago
काठमाडौँ, ९ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा आज अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उहाँहरुबीच नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ । नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षति तथा त्यसपछि भइरहेको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासबारे समेत छलफल भएको थियो ।
मन्त्री खनालले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगका लागि धन्यवाद दिनुभयो । भेटवार्तामा मन्त्री खनाल र मन्त्री वोङबीच नेपाल तथा अस्ट्रेलियाबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 23d ago
काठमाडौँ, ९ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उहाँले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताउनुभो ।
प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट तथ्याङ्क र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणाली बलियो बनाउने तथा विपद्का समयमा सीमापार सहायता समन्वय गरिने उहाँको भनाइ छ ।
प्रधानमन्त्री शाहले हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तरराष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालले आफ्नो पारिस्थितिक योगदानभन्दा बढी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँले नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनःस्थापना भएको जानकारी गराउनुभयो ।
स्वच्छ ऊर्जाको आवश्यकता पूरा गर्न जलविद्युत् विकास अघि बढिरहेको, विद्युतीय सवारीको प्रयोग बढिरहेको र स्थानीय तहमा जलवायु अनुकूलनलाई बलियो बनाइरहेको प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्री शाहले बढ्दो विपद्सँग जुध्न नेपालले अझ धेरै तयारी गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाहले एक महिना अघि नेपालको हिमाली क्षेत्रमा आएको बाढीको विपद् नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताउनुभयो ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 23d ago
काठमाडौं, ९ असोज : नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध १८७ मुलुकमा विस्तार भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तरराष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसाभीले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा अन्तरराष्ट्रिय हस्ताक्षर गर्नुभएको हो।
हस्ताक्षरअघि दुवै देशका परराष्ट्रमन्त्रीबीच पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा समेत छलफल भएको थियो। दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोग विस्तारका नयाँ सम्भावना खोज्दै दुई देश तथा जनताको साझा प्रगति र समृद्धिका लागि सहकार्य अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 23d ago
न्यूयोर्क, ८ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) महासचिव गुटेरेससँग भेट गर्नुभएको हो ।
महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। उहाँले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गर्नुभयो। आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभयो। भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभयो।
भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗बाढीपहिरोको जोखिम: बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि ४ दिन रात्रिकालीन सवारीमा रोक · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 23d ago
धुलिखेल। लगातारको भारी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि चार दिनसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेको बैठकले असोज ८ गते (बिहीबार) देखि असोज ११ गते (आइतबार) सम्म दैनिक बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
मौसम पूर्वानुमानअनुसार यी चार दिन ठूलो वर्षा हुने सम्भावना रहेकाले सम्भावित क्षति न्यूनीकरणका लागि यो कदम चालिएको प्रशासनले जनाएको छ।
निर्णयहरू:
सवारी समयसीमा: असोज ८ देखि ११ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन नपाइने।
दिउँसोको यात्रा: वर्षा र बाढीको स्थिति हेरेर दिउँसो पनि गाडी रोक्नुपर्ने अवस्था आएमा जिल्ला प्रहरी कार्यालय काभ्रेले तत्काल निर्णय लिने।
छिमेकी जिल्लासँग समन्वय: निर्णय कार्यान्वयनमा सहजताका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूसँग सहकार्य गरिने।
सुरक्षा निकाय अलर्टमा: उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूलाई विभिन्न जोखिमयुक्त स्थानमा तयारी अवस्थामा राखिएको।
स्थानीय प्रशासनले नदी किनार तथा पहिरोको जोखिम क्षेत्रमा बस्ने
नागरिकलाई पूर्वसूचनाप्रति सजग रहन र अत्यावश्यक कामबाहेक जोखिमयुक्त बाटोमा यात्रा नगर्न अपिल गरेको छ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗आगामी शनिबारसम्म भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 23d ago
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी र पहिरोको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमविद् डेविड ढकालका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण नेपालमा वर्षाको गतिविधि बढेको हो।
आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि मौसम निरन्तर परिवर्तन भइरहेकाले नियमित रूपमा अध्यावधिक सूचना लिन उहाँले सुझाव दिनुभएको छ।
मौसमको आगामी स्थिति:
आज: कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रमा सामान्यभन्दा केही तीव्र हावाहुरी चल्न सक्छ।
शुक्रबार: वर्षाको प्रभाव अझ बढ्नेछ। कर्णालीदेखि पूर्वी भू-भागसम्म वर्षा केन्द्रित हुनेछ भने कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना छ।
शनिबार: वर्षा र हिमपातको असर क्रमशः पश्चिमतर्फ सर्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा भारी हिमपात र अन्य भू-भागमा वर्षाको सम्भावना छ।
पछिल्लो २४ घण्टामा पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास अधिकतम १६४ मिलिमिटरसम्म वर्षा भइसकेको छ। विभागले मौसम पूर्वानुमान नक्सामा 'सुन्तला रङ' (ओरेञ्ज अलर्ट) ले देखाइएका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सजगता अपनाउन अनुरोध गरेको छ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०७ सम्मको विवरण · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 24d ago
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ ।
२०८३।०६।०७ सम्मको विवरण अनुसार
Total number of samples received: 1771
Number of Reference sample (blood from relatives of missing person): 920
Number of Questioned samples (bones and teeth from unidentified human remains): 851
Total Results:
DNA Profile obtained: 1178
(742 blood + 436 remains)
Samples processing: 593
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 24d ago
काठमाडौँ, ८ असोज- परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आज आयोजित जी–७ विकास मन्त्रीस्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य विपद्को अवस्थाबारे सम्बोधन गर्दै उहाँले पुनःस्थापना, जलवायु वित्त, विपद् पूर्वतयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा जी–७ को सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो ।
बैठकमा नेपालका तर्फबाट सम्बोधन गर्दै उहाँले जलवायु विपद्को कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र सहयोग गर्ने जी–७ सदस्य राष्ट्र तथा अन्य मित्रराष्ट्रप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभार व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
“नेपालले जलवायु परिवर्तन, दिगो विकास, उत्थानशीलता र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य अघि बढाउन जी–७ ले निर्वाह गर्दै आएको नेतृत्वको उच्च कदर गर्दछु,” उहाँले भन्नुभयो । उहाँले बैठक आयोजना गरेकोमा जी–७ को अध्यक्ष फ्रान्सलाई धन्यवाद व्यक्त गर्नुभयो ।
हालैको जलवायुजन्य विपद्ले नेपालमा पु¥याएको मानवीय तथा भौतिक क्षति अत्यन्तै ठूलो रहेको उल्लेख गर्दै मन्त्री खनालले बाढीका कारण घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा जलविद्युत् पूर्वाधारमा क्षति पुग्नुका साथै जनजीवन र अत्यावश्यक सेवासमेत प्रभावित भएको बताउनुभयो ।
प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो ।
विपद्को वैज्ञानिक अध्ययन जारी रहेको उल्लेख गर्दै उहाँले तीव्र रूपमा तातिँदै गएको हिमाली वातावरणमा बरफ, चट्टान, पानी र अस्थिर भू–बनोटबीचको जटिल अन्तरक्रियाका कारण विपद् उत्पन्न भएको प्रारम्भिक विवरण प्राप्त भएको बताउनुभयो ।
सरकारले जलवायु परिवर्तनसहित भौगर्भिक, हिमनदीजन्य तथा जलविज्ञानसम्बन्धी कारणको अध्ययन गर्न विशेषज्ञ समिति गठन गरेको उहाँले जानकारी दिनुभयो ।
“जलवायु परिवर्तन न
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह · राष्ट्रिय पोर्टलOFFICIAL
नेपाल सरकार — राष्ट्रिय पोर्टल (nepal.gov.np) · 24d ago
काठमाडौँ, ८ असोजः सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचनालाई दृष्टिगत गर्दै उक्त मन्त्रालयले प्रदेशका स्वास्थ्य, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सङ्घीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने र विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्नेगरी पूर्वतयारी गर्न निर्देशन दिएको छ ।
प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।
[स्रोत / Source: nepal.gov.np — National Portal of Nepal]
Source ↗